पोखरा, जेठ ।
विप्लव माओवादीको नेपाल बन्द आव्हान गरेको दिन सोमबार पोखरा र कास्कीको माछापुच्छ«े गाँउपालिकामा बम भेटिएको छ । दुबै ठमाँउमा भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले सावधानि पूर्वक डिसपोज गरेको हो । त्यसै गरी पोखराको दरवारथोक र माछापुच्छ«े गाँउपालिकाको नौडाडामा होक्स ( त्रसाउन प्रयोग गरिने तर बम बनाउन प्रयोग हुने केही सामाग्रि) समेत भेटिएको प्रहरीले जनाएको छ । डिस्पोजल टोलीले विभिन्न ठाउँमा भेटिएको बम सहित संकास्पद बस्तुलाई डिस्पोजल गर्न दिनभरीले खटिनु परेको थियो । पोखरा एयरपोर्टमा रहेको नेपाली सेनाको कालिभन्जन गणको बम डिस्पोजल टोलीले विभिन्न ठाउँमा भेटिएको बम तथा होक्सलाई आफ्नो नियन्त्रमा लियर डिस्पोज गरेको हो ।


पोखराको एनसेलको कार्यालय अगाडी सृजनाचोकमा आइतबार बेलुका ९ जे नै देखिएको शंकास्पद बस्तुले आम पोखरेलीमा त्रास फैलिएको थियो भने सोमबार पोखराको नयाँबजार र न्युरोडको बिच भागमा पर्ने दरवार मार्गमा र कास्कीको माछापुच्छ«े गाउँपालिकाको नौडाडा र माछापुच्छे«े गाउँपालिका कार्यालय नजिक शंकास्पद बस्तु भेटिए पछि जनतामा बम आतंक भएको थियो । एनसेलको कार्यालय नजिकै रहेको प्रेसर कुकर बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले बिहान सोमबार बिहान करिब ८ः४० बजे डिस्पोज गरेको हो । आइतबार राति भेटिएको बमलाई डिस्पोजल टोलीले बिहान ६ बजे बाट ३ पटकमा झन्डै ३ घन्टा लगाएर डिस्पोज गरेको हो । बम शक्तिशाली रहेका कारण डिस्पोजल टोलीले संयमताका पुर्वक समय लगाएर डिस्पोज गरेको छ । बम डिस्पोज गर्ने क्रममा सडक पारी रहेको लक्ष्मी होटलका ५ वटा झ्यालको सिसामा ६ वटा प्वालहरु परेका छन् । उक्त बम डिस्पोज पार्दा पछिल्लो पटक आगोको ज्वाला सहितको कालो मुस्लो निस्केको थियो ।


उक्त टोलीले पोखराको इनोभेटिभ डेभलपमेन्ट एजुकेशन (आइडीई) एकेडेमीको मूल गेटमा शंकास्पद बस्तुलाई समेत डिस्पोज गर्यो । एकेडेमीको मूल गेटमा कालो बस्तुमा झण्डा सहितको तार बेरेको अवस्थामा बम जस्तो शंकास्पद बस्तु भेटिएको स्थानीयले बखर गरे पछि सुरक्षाकर्मी शंकास्पद बस्तु भएको स्थानमा पुगेको थियो । वरपरका स्थानीयलाई अन्यत्र सारेर सुरक्षाकर्मीले उक्त स्थानलाई निगरानीमा राखेर डिस्पोज गर्दा शंकास्पद बस्तु होक्स भएको सुरक्षाकर्मीले जनाएको छ । त्यसै गरी टोलीले नौंडाडामा रहेको होक्स र माछापुच्छे«े गाउँपालिकामा पाइप बम भेटिएकोले डिस्पोजल टोलीले निस्तेज पारेको कास्कीका प्रहरी प्रवक्ता डि.एस.पी. रविन्द्रमान गुरुङले बताए । उक्त घटनामा संलग्न हुने व्यक्तिहरुको खोजि कार्य भइरहेको उनले जनाए । नेपाल बन्दको क्रममा सोमबार विभिन्न ठाँउमा बम र संकास्पद बस्तु भेटिएकोले अन्य दिनको तुलनामा कम सवारी साधनहरु चलेका थिए भने पसलहरु समेत कम खुलेका थिए ।

पोखरा क्षेत्रका उद्योग धन्दा कलकारखाना तथा शैक्षिक संस्था र लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधनहरु समेत संचालन हुन सकेनन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप नेपाल बन्द आव्हान गरेको जनाएको छ । विप्लव माओवादीले नेपाल बन्द सहितको चरणबद्व संघर्षका कार्यक्रमहरु घोषणा गरेको श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार