पोखरा, वैशाख ।
सरकारले कुनैपनि दलमाथि प्रतिवन्ध नलगाएको स्पष्ट पारेको छ ।
मंगलबार सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दे कानूनमन्त्री भानुभक्त ढकालले विप्लव समूहको नेकपा कुनै दल नै नभएको र निर्वाचन आयोगमा पनि दर्ता नभएकोले सरकारले दलको मान्यता नदिने स्पष्ट पार्नुभयो ।

उहाले कुनै आस्थामाथि प्रतिवन्ध र अतिक्रमण गर्ने सरकारको नीति नभएको बताउनुभयो । संविधानको दायराबाहिर रहेर समाजमा अस्थीरता फैलाउने समूहलाई राज्य अभिभावक भएको हिसाबले त्यसलाई नियन्त्रणमात्र गर्न खोजिएको उहाको भनाई छ ।
उहाले संवैधानिक दायराबाट हिड्न खोज्ने शक्तिलाई पनि मुलधारमा ल्याउने सरकारको प्रयत्न जारी रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार