पोखरा, जेठ ।
सरोकारवाला निकाय नै मौन बस्दा कास्कीको मर्दी हिमालको पदमार्गमा सार्वजनिक जग्गामा जथभावी रुपमा होटल तथा रेष्टुरेण्टहरु निमार्ण भएकाछन् । स्थानिय सरकार, प्रदेश संरकार र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) मर्दी हिमालको पदमार्गमा पर्ने सार्वजनिक जग्गामा होटल तथा रेष्टुरेण्टहरु निर्माण हुदा मौन बस्दा हाल उक्त क्षेत्रमा धमाधम होटल तथा रेष्टुरेण्टहरु निर्माण भएको स्थानियले गुनासो गरेकाछन् । कुनै क्षेत्रबाट अवैधानिक रुपमा निर्माण भएका होटल तथा रेष्टुरेण्टको समयमै नियमन नहुदा मर्दी हिमालको पद मार्गमा पर्ने वन जंगल देखि वातावरणमा समेत जथभावी रुपमा फोहोर भएको मर्दी हिमाल ट्रेक व्यबस्थापन समितिका सचिव शिव भण्डारीले बताए । कास्कीको माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी हिमालको पदमार्गमा अवैधानिक रुपमा करिब १० वटा होटल तथा रेष्टुरेण्टहरु निमार्ण भएको उनले जनाए । उतिकै सङख्यामा हाल सो क्षेत्रमा होटल तथा रेष्टुरेण्टहरु धमाधम निर्माको क्रममा रहेको सचिव भण्डारीले जनाए ।


समितिका सचिव भण्डारीले मर्दी हिमालमा मापदण्ड विपरित होटल तथा रेष्टुरेष्ट निर्माण नगर्न स्थानियलाई आग्रह गर्दा हटेर गरी वातावरण र वन जंगल नै फडानी हुने गरी होटल तथा रेष्टुरेण्ट संचालन भएको दाबी गरे । उनले भने “ संघियताको लागु भए पनि धेरै नियमहरु लागु नभएकोले यसको मौका छोपी मर्दी हिमालको पदमार्गमा केहिले होटल तथा रेष्टुरेण्ट धमाधम निर्माण गरेका छन्, यसमा हामीले वडा कार्यालय, माछापुच्छ«े गाउँपालिका र ए क्यापलाई समेत जानकारी गराउदा उनीहरु मुक दर्शक भयर बसेका छन् । ” डुड खर्क देखि फेरेसक्याम्प, बादल डाँडा, हाइक्याम्प (भ्यू प्वाइन्ट) सम्मको क्षेत्रमा विगत दुई बर्ष देखि अवैधानिक होटल तथा रेष्टुरेण्ट निर्माण भएको स्थानियले जनाए । मर्दी हिमालको पदमार्गमा केहीले एक्यापसंग एक प्रकारको सम्झौता गरी चियापसल देखि होटल तथा रेष्टुरेण्ट समेत संचालन गर्दै आएकाछन्। माछापुच्छ«े गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष दुर्गा बहादुर क्षेत्रीले मेर्दी हिमाल टे«क क्षेत्रमा आफुहलाई हटेर गरी विगत देखि हालसम्म पनि केही व्यवसायीले होटल तथा रेष्टुरेण्ट निर्माण गरेको बताए ।


सार्वजनिक जग्गामा वन जंगल समेत फडानी गरी होटल सहितको स्थायी बसोबासको लागि पक्की भवन बनाउदा आफुहरुले उजुरी गर्दा पनि गाउँपालिकाले केही गर्न नसेको उनले गुनासो गरे । पर्यटकहरुको लागि होटल तथा रेष्टुरेण्ट आवश्यकता भएको भन्दै स्थानियले स्थानिय सरकारलाई नै अटेर गरी होटल तथा रेष्टुरेण्ट निर्माण गरेको उनले जनाए । मर्दी हिमालको पदमार्गको अधिकाशं भाग वडा नम्बर ९ मा पर्ने भएकोले गर्दा अधिकाशं अबैधानिक होटल तथा रेण्टुरेण्टहरु वडा नम्बर ९ मै निमार्ण भएका छन् । अमृत तामाङले विगत दुई बर्ष देखि मर्दी हिमालको पदमार्गमा पर्ने लोक्याम्पमा लोक्याम्प गेष्टहाउस संचालन गर्दै आएकाछन्। एक्यापले उक्त होटलल निर्माणको क्रममा केही अबरोध गरे पनि आफुले पर्यटकहरुको सेवाको लागि उक्त होटल संचालन गरेको उनले जनाए । ५ रुमको उक्त गेष्टहाउसमा करिब ५० लाख लगानी भएको उनीले बताए । एक्याप पोखराका प्रमुख राजकुमार गुरुङले मर्दी हिमालको पदमार्गमा केहीले अस्थायी रुपमा चिया पसल देखि होटल तथा रेष्टुरेण्ट संचालन गर्न अनुमति लिए पनि पछिल्लो समयमा धेरैले धमाधम आफुहरुलाई अटेर गरी होटल तथा रेष्टुरेण्ट निर्माण गर्ने गरेको जनाए । मर्दी हिमालको पदमामार्गमा पर्ने सार्वजनिक जग्गामा अवैधानिक रुपमा संचालन गरेका केही होटल तथा रेष्टुरेण्टहरुको मुद्धा समेत परेको उनले जनाए ।


पहिलो पटकमा सम्झाई बुझाई गरेको त्यस पछि पत्र दिएर सार्वजनिक जग्गामा कुनै संरचना निमार्ण नगर्न लागु गर्न अटेर गरेकोले मुद्धा समेत हाल्ने गरेको प्रमुख गुरुङले जनाए । माछापुच्छ«े गाउँपालिकाका प्रमुख कर्ण बहादुर गुरुङले मर्दी हिमालको पदमार्गमा सरकारी सम्पक्ति माथि जथभावी भौतिक संरचना निर्माण गरेको बताए । मर्दी हिमालको पदमार्ग पर्यटकीय क्षेत्र भएको आफुहरुलाई स्थानीयले अटेर गरी होटल तथा रेष्टुरेण्टहरु धमाधम निर्माण गरेको उनले जनाए । यस बिषयमा प्रदेश सरकारलाई जानकारी गराउदा कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा स्थानिय निकाय वडा देखि गाउँपालिकाको भएको बताए । सार्वजनिक स्थलमा जो कसैले कुनै प्रकारको भौतिक संरचना निमार्ण गर्न नुहुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार