पोखरा, वैशाख ।
प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगलाई समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । बिहिबार सिंहदरबारमा बसेको बैठकले समावेशी आरक्षणले लक्ष्यअनुरुपको परिणाम हासिल गरेको छ वा छैन त्यसबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।


समितिले विभिन्न जातजाति पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, कर्णाली तथा आर्थिकरुपमा विपन्नलगायतको हकहित संरक्षणसम्बन्धी विषयमा सूक्ष्म ढङ्गबाट अध्ययन गरी विभिन्न क्रियाकलाप तथा गतिविधि त्रैमासिकरुपमा समितिलाई लिखित जानकारी गराउनसमेत आयोगलाई निर्देशन दिएको छ । बैठकले आयोगको भौतिक संरचना, जनशक्तिलगायत स्रोत साधनको अभाव र कार्य सम्पादनलाई गति दिन आवश्यक बजेटको व्यवस्था गर्न समितिले अर्थमन्त्रालयलाई निर्देशन दिईएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।
बैठकमा आयोगका अध्यक्ष शान्तराज सुवेदीले अहिले आयोगले व्यवस्थापनसँगै खस आर्य र पिछडा वर्गको अध्ययन कार्यलाई अगाडि बढाएको बताउनुभयो । समिति सदस्यहरुले प्राथमिकताको आधारमा काम गर्न आयोगलाई सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार