काठमाण्डौ, २३ फाल्गुन ।
संसदीय समितिले आगामी बर्षलाई कुरुती कु–प्रथा तथा कुसंस्कार विरुद्धको बर्ष मनाउन प्रस्ताव गरेको छ ।
सिंहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले आगामी बर्षलाई कुरुती कु–प्रथा तथा कुसंस्कार विरुद्धको बर्ष मनाउने प्रस्ताव गर्दे मनाउन सकिने वा नसकिने बारेमा सात दिनभित्र सुझाव पेश गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले मुलुकका बिद्यमान कुरिति कुसंस्कारको अध्ययन गरि सूची तयार गर्ने तथा न्युनिकरणका लागी स्पष्ट कार्यदिशा एवं रणनीति बनाई कार्यान्वयन गर्न गराउने मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै छाउपडि प्रथालाई निर्मुल गर्नका लागी दुई महिनाभित्र परिणाम आउने गरि काम गर्न मन्त्रालयलाई निर्देशन दिएको छ भने छाउपडि प्रथाका बारेमा संसदीय समितिले तयार गरेको प्रतिवेदन कार्यान्व्यन गर्दे प्रत्येक महिना जानकारी गराउन निर्देशन दिएको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।
बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले छाउपडि प्रथाका बारेमा समिति तयार पारेको प्रतिवेदन महत्वपूर्ण हुने भन्दै यसलाई कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभएको थियो ।
त्यस्तै समिति सदस्यहरुले कुरुती कु–प्रथा तथा कुसंस्कारको प्रत्यक्ष मारमा महिला मात्र पर्ने गरेको भन्दै यसलाई निर्मुल पार्नुपर्ने धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार