काठमाण्डौ, जेठ ।
सभामुख कृष्ण वहादुर महराले समितिमा आएका बिधेयकमा केहि अन्यौल देखिएमा कानूनी राय लिन सुझाव दिनुभएको छ । राष्ट्रियसभा अन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उहाले समितिमा आएका बिधेयकमाथि प्रयाप्त छलफल हुनुपर्ने भन्दै नियमावली नमिचि पारित गर्नुपर्ने समेत बताउनुभयो ।


सरकारलाई सहि ट्रयाकमा राख्न पनि सरकारले ल्याएका बिधेयकमाथिको छलफललाई गम्भीर रुपमा लिनुपर्ने उहाको भनाई छ । सभामुख महराले सरकारको ऐन नियमावली र कार्यविधीमाथि पनि सरकारी आश्वासन समितिले बिशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कानूनमा बन्नुअघि ऐनमाथिको छलफल गर्ने दायित्व सांसदको हुने भएकाले सरोकारवालासंगको छलफललाई पनि महत्व दिनुपर्ने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार