मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि ७ वटा पुस्तहरु छनौटमा परेको बताएको छ ।
वर्षभरि प्रकाशित कुल १५१ पुस्तहरु ठुगिलाई प्राप्त भएकामा १० पुस्तकहरुको श्रेष्ठ सुचि तयार गर्न गठित समितिले सात पुस्तकहरु छनौट गरेको गुठीले जनाएको छ ।

२०७६ सालको मदन पुरस्कारका लागि विमला निभामो जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको भक्रव्युह, भुवन ढुङ्गानाको परित्यक्त, षेगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १–३), चन्द्र प्रकाश बानियाँको महारानी, ललित बिष्टको महोपथ र शारदा शर्माको यात्रामा पुस्तक छनौटमा परेका हुन् ।
गुठीका अध्यक्ष कुन्द दीक्षितका अनुसार छनौटमा परेका पुस्तकहरु मध्ये एउटा पुस्तकलाई मदन पुरस्कार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार