पोखरा, जेठ ।
तत्कालिन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा शुक्रबार २६ औ मदन—आश्रीत स्मृति दिवस मनाईदै छ । २०५० साल जेठ ३ गते पोखरामा एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाने क्रममा भण्डारी र आश्रित चढेको जीप दासढुंगामा दुर्घटना हुदाँ दुवै नेताहरुको ज्यान गएको थियो । जननेता भण्डारीको दुर्घट्नामा परेर ज्यान गएको २६ वर्ष सम्मपनि उक्त घट्नाको सत्यतथ्य अझै रहस्य कै गर्भमा रहेको छ । यसका सम्बन्धमा उपयुक्त छानविन मार्फत सत्यता पत्ता लयाउने कार्यमा वर्तमान राजनीतिक नेतृत्वको खास ध्यान जान नसकेको राजनीतिक विश्लेषकहरुको तर्क छ । स्वर्गीय नेताद्धय भण्डारी र आश्रीतको सम्झनामा मुलुकका विभिन्न स्थानहरुमा प्रतिमाहरु निर्माण गरेका उनिहरुका नेता तथा कार्यकर्ताहरुले वर्षेनी माल्र्यापण गरि सम्झने गरेका छन् । यसर्थ कास्कीको पोखरा महानगरपालिका वडा नं. १६, खोलाखेत स्थित सेरापात वन उपभोक्ता समिति अन्तरगतको वन क्षेत्रमा निर्माण गरिएको उनिहरुको प्रतिमामा पनि माल्र्यापणको कार्यक्रम तय गरिएको छ । तर, उक्त क्षेत्रको संरक्षण तथा विकासमा सरोकारवालाहरुको अझै ध्यानपुग्न नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।


यो पोखरा महानगरपालिका वडा नं. १६ कालिखोला, खोलाखेत स्थित सेरापात वनउपभोक्ता समिति अन्तरगतको वन क्षेत्र हो । यि तत्कालिन नेकपा एमालेको गायत्री मन्त्र जस्तै बनेको जबज अर्थात जनताको बहुदलिय जनवादका प्रतिपादक पार्टीका तत्कालिन महासचिव स्वर्गीय मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा निर्माण गरिएका प्रतिमाहरु हुन् । तर, यिनिहरुको प्रतिमा तथा पार्क व्यवस्थापनमा अझ कमजोरी र अव्यवस्थाहरु देखिएका स्थानिय एक अगुवा दुर्गा प्रसाद आचार्यले गुनासो गरे । सेरापात वनउपभोक्ता समिति अन्तरगत उक्त वन क्षेत्रमा स्वयम स्वर्गीय भण्डारीले दुर्घट्नाको केहिदिन अघि वृक्षारोपण समेत गरेका बताईन्छ । उनले रोपेका कतिपय वृक्षहरु अहिले तन्नेरी रुख बनिसकेका छन् । यो यहि स्थान हो, जहाँ जननेता स्वर्गीय मदन भण्डारीका पाउले कुल्चेका थिए । सानो आकारको प्रतिमा स्थल निर्माण गरि वरिपरि झाँडीका रुपमा रहेको उक्त स्थानको स्वामित्व ग्रहणमा विलम्व गर्नु नहुनेमा स्थानिय जनप्रतिनिधि मेहरमान थापाको तर्क छ ।


मान–सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज । हात नलम्काइबक्स्योस् १ आँखा नचम्काइबक्स्योस्, आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस् र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुर्पयो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस् । सरल, मीठास र अनुप्रसायुक्त भाषणका लायक नेपाली राजनीतिका नायक स्वर्गीय भण्डारी र सिंगो राजनीतिको अनुसन्धान क्षेत्रका रुपमा खोलाखेतको विकास गर्नु पर्नेमा स्वर्गीय नेता भण्डारीका अनुयायी जनताका प्रतिनिधि वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यले जोड दिए ।


२०५० साल जेठ ३ गते पोखरामा एमालेको जिल्ला अधिवेशन सकेर चितवन जाने क्रममा भण्डारी र आश्रित चढेको जीप दासढुंगामा दुर्घटना हुदाँ दुवै नेताहरुले ज्यान गुमाउनु परेको थियो । आज झण्डै तिन दशक सम्मपनि रहस्यको गर्भमा रहेको यस दुर्घट्नामा ज्यान गुमाएका यि जननेताहरुका प्रतिमाहरुले अहिलेपनि सोधिरहेका हुनुपर्छ, हामीले कहिले न्याय पाउछौ । असल राजनीतिक नेृतत्वको अभाव मुलुकले कहिले सम्म भोगिरहनु पर्ने हो । स्वर्गीय नेता भण्डारी र आश्रीत प्रति भावपुर्ण श्रदान्जली ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार