जेठ ।
मुटु रोगको उपचारको क्रममा गलत रगत चढाएको कारण ज्यान गुमाएकी एक बालिकाको बुवाले चिकित्सकको लापारवाहीको कारण आफ्नो छोरीले ज्यान गुमाएको भन्दै छानबिन गरि सरकारले न्याय दिलाउनुपर्ने माग गरेका छन् । सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका गलत रगत उपचारको क्रममा गलत रगत चढाएको कारण वैशाख २३ गते मृत्यु भएको थियो । बुधबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा बालिकाको बुवा रामप्रवेश साहले आफूहरु न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदा पनि कतैबाट उचित न्याय नपाएको गुनासो गर्नुभयो । शल्यक्रिया गर्नुपुर्व बिरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि उहाल बताउनुभयो । उहाले जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको दुःखेसो पोख्नुभयो । छानबिनका लागि बालिकाको परिवारले १० दिनदेखी सरकारी कार्यालय धाउन थालेको भएता पनि अहिलेसम्म कुनै पनि सरकारी कार्यालयबाट सहयोग भने नपाएको पिडित परिवारको भनाइ छ ।

यसैबीच सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सील सम्बन्धि विधेयक संविधान र प्रेस स्वतन्त्रता विपरीत रहेको भन्दै मोरङका पत्रकारहरुले विरोध जनाएका छन । नेपाल पत्रकार महासंघ मोरङमा भेला भएका पत्रकारहरुले हातमा कालो पट्टी बांधेर विधेयकको विरोध गरेका हुन । सो अवसरमा आयोजित छलफल कार्यक्रममा बोल्नुहुंदै महासंघका मोरङ अध्यक्ष बन्धु पोखरेलले सरकारले मिडियाले स्वतन्त्रतापुर्वक काम गर्न नदिने उद्धेश्य सहित मिडिया काउन्सील बिधेयक ल्याएको विचार ब्यक्त गर्नुभयो ।
उहांले संसारभरि स्वनियमको आधारमा पत्रकारितागर्ने प्रचलन रहेपनि नेपाली मिडिया र पत्रकारलाई कानुनको सिकंजामा कस्ने प्रयास भएको बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश एकका महासचिव विवेक गौतमले मिडिया काउन्सील विधेयककोरुपमा पत्रकारको घांटीमाथि खतरनाक तलबार झुण्ड्याउन खोजिएको विचार ब्यक्त गर्नुभयो । उहांले मिडिया बिरोधी सो बिधेयकका विरुद्ध सम्पुर्ण पत्रकार र मिडियाकर्मी अघि बढनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलर अनुसार कार्यक्रम आयोजना गरिएको महासंघ मोरंगका सचिव अर्जुन आचार्यले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार