अविरलको वर्षाका कारण मुलुकका अधिकांस स्थानको जनजिवन प्रभावित भएको छ ।
यता कास्कीकाको लुम्ले लगायतका स्थानहरुमा पछिल्लो ३ घण्टा भारी वर्षा मापन गरिएको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
सो स्थानमा थप वर्षा समेत भईरहेकोले साना खोलामा आकस्मिक बाढी आउन सक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरो जान सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले बिहान १० बजेसम्म आवस्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार