पोखरा, जेठ ।
लगानी बोर्डले लुम्बिनीमा ‘वल्र्ड बुद्धिष्ट प्रर्दशनी पार्क’ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने प्रस्ताव स्विकृत गरेको छ । सिंहदरबारमा आइतबार साझ बसेको बैठकले पार्क निर्माणका लागी प्रारम्भीक अध्ययन गर्ने अनुमति दिएको बोर्डका सदस्य डा. हरिभक्त शर्माले जानकारी दिनुभयो । त्यस्तै बैठकले बिभिन्न प्रदेशमा सोलार पावर निर्माण गर्ने प्रस्तावलाई पनि स्वीकृत गरेको उहाले बताउनुभयो । बैठकमा बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले दिर्घकालीन र अल्पकालीन आयोजनाहरुलाई प्रभावकारी ढंगले अघि बढाउन पनि निर्देशन दिनुभएको शर्माले बताउनुभयो । उहाले हरेक आयोजनालाई नियमति रुपमा अनुगमन गर्न र प्रगतिको कार्ययोजना तयार गर्न पनि निर्देशन दिनुभएको थियो ।















तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार