पोखरा, वैशाख ।
“बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ” भन्ने नाराका लुम्बिनी भ्रमण वर्ष २०७६ मनाईने भएको छ । प्रदेश नं. ५ ले आगामी बुद्ध पुर्णीमा देखी ०७७ सालको बुद्ध पुर्णीमा सम्म लुम्बिनी भ्रमण वर्ष २०७६ मनाउने तयारी गरेको हो । नेपाल सरकारबाट सन २०२० लाई भिजिट नेपाल बर्षका रुपमा मनाउन लागिएको कार्यक्रमलाई आधार प्रशस्त गर्ने, पर्यटन प्रबद्र्धन मार्फत समृद्धि हासिल गर्न टेवा पुर्याउने, लुम्बिनी क्षेत्रको धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम् ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण, सम्वद्र्धन तथा व्यवस्थापनमा टेवा पुर्याउने, लुम्बिनी आउने पर्यटकहरुको बसाई अबधि लम्ब्याउने उद्देश्यले भ्रमण वर्ष बनाउने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ ।


यस्तै लुम्बिनी क्षेत्रलाई सिद्धार्थ, कनकमुनि र क्रकुछन्द बुद्धको जन्मस्थल, बौद्ध दर्शन तथा शान्तिको उद्गम स्थलका रुपमा ब्यापक प्रचार गर्ने, लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेश नं ५ का महत्वपूर्ण पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्ने लगायतका उद्देश्यहरु समेत भ्रमण वर्षमा समेटिएका छन् । भ्रमण वर्ष अवधिमा मायादेवी प्रसुती उत्सव – २०७६, लुम्बिनी फुड फेस्टिबल, बुद्धकालिन आहार विहारहरुको प्रदर्शनी, सुजाता खीर उत्सव, सडक प्रदर्शनी, मायादेबी मन्दिर परिसरमा दैनिक दीप प्रज्वलन, मासिक फुल मून डे (पूर्णिमा) उत्सव, धार्मिक यात्रा र त्रिपिटिक वाचन तथा योग तथा ध्यान शिविरहरु, पिस म्याराथन लगायतका गतिविधिहरु संचालन गरिनेछन् ।


भ्रमण वर्ष मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा लुम्बिनी क्षेत्रको प्रचार भई सो क्षेत्रको महत्व बढ्ने र बिकास हुने अपेक्षा गरिएको छ । यस्तै लुम्बिनी क्षेत्रमा आउने पर्यटकको संख्या र उनीहरुको बसाई अबधिमा वृद्धि, लुम्बिनी क्षेत्रका स्थानीय उत्पादन तथा ब्यापार ब्यवसायमा बृद्धि, होटेल, ट्राभल एजेन्सी, यातायात लगायतका पर्यटन ब्यवसायको प्रबद्र्धन, रोजगारीको सिर्जना, प्रदेश सरकार र लुम्बिनी विकासकोष बीच समन्वय र सहकार्य भई यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार