पोखरा, चैत्र ।
पोखरा महानगरपालिका वडा नं. १८ स्थित लभ्ली डाँडाको सार्वजनिक सरकारी जग्गालाई केहि व्यक्तिहरुले आफ्नो भनि प्रवेशमा निषेध गरिएका साना आकारका स्टिकरहरु रुखमा ताँगेपछि तत्तनिकायहरुको ध्यानाकर्षण भएको छ ।
तर, उक्त क्षेत्रमा व्यक्तिगत कृषी फार्म भनि वनभित्र खनजोत गरि त्यस्ता प्रकारका चेतावनीपुर्ण स्टिकरहरु रुखमा झुण्डाईएका देखिन्छन् । यसप्रति सरोकारवाला निकायको गम्भिर ध्यानाकर्षण भएको बताएका ति निकायहरुले आवाश्यक काम कार्वाही अगाडी बढाएको जिकिर गरेका छन् ।


लभ्ली डाँडाको कि.न. ३२५, ३२६, ३२७, ३२८, ३२९, ३३०, ३३१, ३३२, ३३३, ३३४, ३३७, ३३८, ३३९ र ३४० सरकारी जग्गा भएको सम्बन्धित सरोकारवाला निकायको दावी छ । तर, त्यसलाई ठाडै चुनौती दिएर केहि व्यक्तिहरुले डाँडाँको वन भित्र खनजोत गरि अनाधिकृत व्यक्तिहरु प्रवेश गरे रु.५०० सय रुपैयाँ जरिवाना गरिने चेतावनीपुर्ण स्टिकरहरु रुखमा झुण्ड्याएका छन् ।
तर, पोखरा महानगरपालिका वडा नं.१८ का वडा अध्यक्ष रण बहादुर थापाले भने उक्त स्थानको अतिक्रमित सरकारी जग्गाको संरक्षणका लागी आफुहरु निरन्तर लागि परेको बताएका छन् । लभ्लि डाँडाको करिब ८१ हजार ३ सय ८५ दशमलव ८८ वर्गमिटर क्षेत्रफल सरकारी वन र २ हजार ३ सय ३ दशमलव २ शुन्य वर्ग मिटर क्षेत्रफल वुटेन उल्लेख गरि कित्ताकाट गरिएका अभिलेखहरु छन् । त्यो सवै नेपाल सरकारको नाममा दर्ता गरिएको छ ।


तर, केही स्थानियहरुले उक्त जग्गा निकै लामो समयदेखी आफुहरुले भोगचलन गर्दै आएको र पुख्र्यौली सम्पति भएको भनि दावि गर्दै आएका छन् । उनिहरुले छुट जग्गा दर्ता गरि जग्गाधनि प्रमाण पुर्जा पाउ भनि मालपोत लगाएका सम्बन्धित निकायमा निवेदन समेत पठाएका विवरणहरु भेटिन्छन् । तर, स्थानिय सरकारहरु त्यसलाई स्विकार्न तयार देखिदैन्न ।
तर, लभ्लि डाँडाको करिब ८१ हजार ३ सय ८५ दशमलव ८८ वर्गमिटर क्षेत्रफल सरकारी वन र २ हजार ३ सय ३ दशमलव २ शुन्य वर्ग मिटर क्षेत्रफल वुटेन उल्लेख गरि कित्ताकाट गरिएका अभिलेखहरु छन् । त्यो सवै नेपाल सरकारको नाममा दर्ता छ । फेवा सवडिभिजन वन कार्यालय पोखराका प्रमुख नवराज शाहिले भने उक्त क्षेत्रको निगरानी जारी रहेको बताए ।
यसरी सम्बिन्धत सरोकारवाला निकायको चेतावनी र खबरदारीका बिचपनि सार्वजनिक तथा सरकारी सम्पतिहरु माथीका गिद्धे नजरहरु उत्ति कै क्रियाशिल देखिन्छन् । यो सर्वथा चिन्ताको विषय हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार