जेठ ।

स्थानीय तहमा रिक्त १३ हजारभन्दा बढी पदमा नयाँ कर्मचारी भर्ना खुलाउने सम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ ।लोकसेवा आयोगले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि केही कानुनी समस्या परेकाले त्यस्तो कानुनी जटिलता फुकाइदिन परामर्श सहितको पत्र सरकार समक्ष पठाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवाको सो प्रस्ताव बुधबार मन्त्रिपरिषद्मा पठाएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकबाट लोकसेवाको बधा अड्काउ फुकाउ प्रस्ताव पारित हुनेछ र त्यसलगत्तै लोकसेवा आयोगले झनडै १३ हजार पदमा विज्ञापन गर्नेछ । लोकसेवा आयोगले ती पदमा भर्ना खुलाउने सम्ब्न्धी गृहकार्यलाई तीव्र पारेको छ ।

| लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा |
चीनसँगको सीमा जोड्ने लिपिङस्थित मितेरी पुल पुननिर्माण अन्तिम चरणमा पुगेको छ । अर्को साता पुल उद्घाटन गर्ने तयारी गरिएको छ । भूकम्प र भोटेकोसीमा आएको बाढीले मितेरी पुल भत्किएको थियो । चिनको तियानसुन रोड एन्ड ब्रिज कम्पनीले यसको पुननिर्माण गरिरहेको छ । १० जेठमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ । त्यस्तै, १७ जेटमा चिनियाँ सरकारलाई पुल हस्तान्तरण गरिने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार