मोरङ्, जेठ ।
बाढीले बगाएको लोहन्द्रा खोलाको पुल लामो समयसम्म नबन्दा मोरङको बेलबारी नगरपालिका तथा आसपासका बासिन्दाले सास्ती झेल्नु परेको छ । दुइबर्ष अघि आएकोे बाढीले बेलबारी ५ को बाहुनीस्थित पुल बगाएयता सर्वसाधारण जोखिम मोलेर खोला तर्दै आएका छन । पुुर्व–पश्चिम सहायक राजमार्ग अन्र्तगत मोरङको बेलबारी नगरपालिका–५ वाहुुनीमा रहेको लोहन्द्रा खोला माथिको पुुल वाढीले बगाएको लामो समय वितिसक्दापनि निर्माण नभएका कारण सो क्षेत्रका बासिन्दाले सास्ती झेल्नु परेको हो । पुल बगाएपछि सर्वसाधारणले लोहन्द्रा खोलाको मुलधारबाट सवारीसाधन सहित तथा पैदल समेत आरपार गर्ने गरेका छन । अन्य समय पानीको बहाव कम रहनेगरेपनि पानी परेको समय खोलाको बहाव बढ्ने गरेको छ ।


पानी परेको समयमा खोलाको बेग तीब्र रहनेगरेपनि सर्वसाधारणले ज्यान जोखिममा राखेर खोला तर्दै आएका छन । पुुल नवन्दा ३ किलोमिटर हिडदा पुुग्ने ठांउमा १३ किलोमिटर घुुम्नुुुपर्ने अवस्था रहेको कारण विरामीलाई समयमा अस्पताल पुु¥याउन समस्या हुुने गरेको स्थानीयले बताएका छन । बेलबारी ५ का अमर कट्वालले पुल बगेका कारण दुईबर्षदेखि आफुहरुले सास्ती झेल्दै आएको गुनासो गर्नुभयो । पुुर्वी मोरङका गांउ तथा नगरपालिकालाई विराटनगरसंग जोडने सो पुुल बगेपछि ड्राइर्भसन भएर दुुईवर्ष देखी सवारी साधन संचालनहुुंदै आएको छ । वर्षाको समय शुुरु हुुन लागेकाले समयमा पुुल निर्माण हुुनुुपर्ने ग्राथान गांउपालिका ७ का उपेन्द्र सरदारको भनाई छ । सो पुल बगेका कारण सर्वसाधारणलाई आउजाउमा समस्या मात्र नभई त्यसक्षेत्रको खेतीयोग्य जमिनमा सिचाई समेत प्रभावित भएको छ । बाढीले पुल बगाउने क्रममा पुलमुनिबाट चतरा मुल नहरको पानी बगाउन बनाइएको साइफन समेत भत्केका कारण पुर्वी मोरङको सो क्षेत्रको सिचाई प्रभावित भएको हो ।


यता सो बिषयमा प्रतिक्रिया दिदै सुनसरीमोरङ सिंचाई आयोजनाका आयोजना विराटनगरका निर्देशक हरिराम श्रेष्ठले पुलको बिस्तृत अध्ययनको काम सम्पन्न गरिसकेर लागत अनुमान समेत गरेर विभागमा स्विकृतिकालागि पठाइएको जानकारी दिनुभयो । उहांले बिभागबाट स्विकृति भएर आएपछि सो ठांउमा ४० करोडको लागतमा १५५ मिटर लम्बाईको डबल लेनको पुल र पुल मुनि नहरको पानी बग्ने साइफन निर्माण गरिने बताउनुभयो । ढिलै भएपनि डिजाईन र लागत स्टिमिट समेत तय भइसकेकाले अब छिट्टै पुल निर्माण प्रक्रियामा जाने आशा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार