झण्डै चार महिना लामो लकडाउन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको वैठकले चैत ११ गतेदेखि जारी लकडाउन साउन ६ अर्थात मंगलबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेको हो ।
कोरोन भाइरस ९कोभिड–१९० को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । सुरूमा ८ दिनका लागि गरिएको लकडाउन पटक पटक थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रहेको थियो ।

प्याब्सियुद्धारा पोखरा स्थित प्याब्सन, एनप्याब्सन र युनिप्सको कार्यालयमा तालाबन्दि


त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो । मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हट्ने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
लकडाउन हटेपनि कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा गरिएका अन्य व्यवस्था यथावत नै रहने सरकारले बताएको छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाको ३८ औँ स्मृति दिवस आज मनाईदै

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार