पोखरा । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको लायन वर्ष २०१९÷२० का लागि सेकेण्ड भाइस गभर्नरमा ध्रुव श्रेष्ठले उम्मेदवारी दिएका छन् । डिष्ट्रिक्टको लायन वर्ष २०१८÷१९ का चिफ एडभाइजर समेत रहेका श्रेष्ठले आगामी वैशाख १३ र १४ गते पोखरामा हुने सातौं महाधिवेशनका लागि मनोनयन दर्ता गरेका हुन् ।

सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच श्रेष्ठले डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठ र नोमिनेसन कमिटि संयोजक दीपक श्रेष्ठलाई मनोनयनपत्र हस्तान्तरण गरे । श्रेष्ठ लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष समेत हुन् । मनोनयन दर्ता कार्यक्रममा बोल्दै श्रेष्ठले लायन्समा ४२ वर्षको धैर्यता र अनुभवलाई कायम राख्दै र नेतृत्व क्षमतालाई विकास गर्दै परिपक्व लायनको रुपमा उम्मेदवारी प्रस्तुत गरेको स्पष्ट पारे । उनले आफू सेवाको भावनामा सन्तुष्ट रहेको बताउँदै लायन्समा महिला सहभागिता बढाउन पहल गर्ने बताए । श्रेष्ठले आफुले उम्मेदवारी दिए पनि सहमति र सहकार्यसँगै अगाडी बढ्ने र एकता राख्ने कायम राख्ने विश्वास व्यक्त गरे ।
यस अगाडि सेकेण्ड भाइस गभर्नरमा विशेश्वर आचार्यले मनोनयन दर्ता गरिसकेका छन् । श्रेष्ठ र आचार्यको मनोनयन दर्तासँगै लायन्सको आगामी महाधिवेशनमा दुई पक्षबीच प्रतिस्पर्धा हुनेछ ।
यसैविच लायन्सको इतिहासमा रहिआएको पोखराको हार्मोनी कायम गर्नको लागि सहमतिको विकल्प नभएको कार्यक्रमका वक्ताहरुले औल्याएका छन् । सहमति, सहकार्य र एकताको इतिहास रहेकोे पोखराको साख कायम राख्नको लागि पनि पक्ष विपक्षी नभनीकन सहमतिमा जानुपर्नेमा वक्ताहरुको सुझाव छ ।
यसका लागि अग्रणी, सक्षम र कर्मठ व्यक्तिलाई अवसरमा दिनुपर्नेमा उनीहरुको जोड छ । लायन्स क्लवको ध्रुव ताराको रुपमा चिनिने ध्रुव श्रेष्ठ लायन्समा कुशल व्यवस्थापक तथा लायन्सको शिल्पकारको रुपमा समेत परिचित भएको हुनाले अवको नेतृत्व दिदा फरक नपर्ने वक्ताहरुको तर्क छ ।
कायक्रम बोल्दै प्रमुख अतिथी वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले आफु सहमतिको पक्षमा रहेको बताउँदै सहमतिका लागि छिट्टै पहल थाल्ने बताए ।
कार्यक्रममा एफ डव्लु सि कोअर्डिनेटर धु्रव थापाले सेकेण्ड भाइस गभर्नरमा पोखराबाट नै दुई जना उम्मेदवार भएपछि पोख्रेली लायनहरुको एकमत हुनुपर्नेमा जोड दिए । पूर्व डिस्ट्रिक गभर्नर धनराज आचार्यले व्यक्तिगत इगोलाई गोजीमा राखेर सहमतिमा जानुपर्ने सुझाव दिए ।
कार्यक्रममा पूर्व गभर्नर योगेन्द्र प्रधान, को चिफ एडभाईजर मणीश्रीरत्न वज्राचार्य, डिपार्टमेण्ट चिफ मिलन थापा, सिनियर एओजी लायन सुचित्रा थापा, पिआरओ लायन वावुराम गिरी, रिजन चियन पर्सन मधुसुधन कोईराला, लायन रामराज थापा, गणेशबहादुर श्रेष्ठ, लायन्स क्लव अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम स्याङ्पो अध्यक्ष दिनेश तुलाचन लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार