सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ गोल्चे लिदीमा शुक्रबार गएको पहिरोमा परि वेपत्ता भएकाहरुको खोजि कार्य आज पुनः सुरु गरिएको छ ।
पहिरोमा पुरिएका १३ घरका २७ जना अझै वेपत्ता छन् । उनिहरुको आज विहानैदेखी खोजि सुरु गरिएको स्थानिय अधिकारीहरुले बताएका छन् ।
घरसँगै पुरिएका ३८ मध्ये ११ जनाको शव भेटिएको छ । अविरल वर्षासँगै माथिको पाखो बस्तीमा खसेको हो । बिहान साढे ६ बजे खसेको पहिरोमा परेको बस्तीबाट भागेर १५ जनाले ज्यान जोगाएका छन । ज्यान जोगाउन भाग्दा ५ जना घाइते भएका छन् ।
पुरिएको ठाउँमा कुटो, कोदालो, साबेल प्रयोग गरेर बेपत्ताको खोजी भइरहेको छ । सेना, प्रहरीदेखि स्थानीय सबै मिलेर खोजी गरिरहेका गाँउपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार