पोखरा, वैशाख ।
६७ औँ कानून दिवस बिहिबार बिभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइएको छ । दिवसक अबसरमा सर्वोच्च अदालतले अदालत परिसरमा चियापानको आयोजना गरेको थियो । चियापान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवरा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेल लगाएतको सहभागीता रहेको थियो ।


त्यसैगरी पूर्वप्रधानन्यायाधीशहरु, सर्वोच्च अदालतका न्यायाधीशहरू, न्याय परिषद्का सदस्यहरु, संवैधानिक निकायका प्रमुखहरु, नेपाल बार एशोसिएसनका अध्यक्षलगायत पदाधिकारी, वरिष्ठ अधिवक्ताहरु, कूटनीतिक नियोगका प्रमुखहरु सो चियापान समारोहमा उपस्थिति थिए । प्रधान न्यायलयको ऐन, २००८ जारी भई २००९ साल वैशाख २६ गते लागु भएको दिनको सम्झनामा यो दिवस हरेक वर्ष वैशाख २६ गते मनाउने गरिन्छ ।
प्रधानन्यायाधीश जवराले ‘कानून दिवस, २०७६’ का अवसरमा समानता, न्याय र विधिको शासनको सुनिश्चिताका लागि आआफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार