निरन्तरको वर्षाका कारण देशभरको जनजिवन प्रभावित भएको छ भने, मुलुकका विभिन्न सडक खण्डहरु अवरुद्ध बनेका छन् ।
धेरैजसो स्थानमा पहिरो खसेको छ भने केहि स्थानहरुमा भने बैकल्पिक रुपमा निर्माण गरिएका सकडमा गाडीहरु फसेका छन् ।
पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्डमा राजमार्गको सडक भाँसिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेपछि पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको छ ।

आगामी २४ घण्टाको मौषमपुर्वानुमान ! हल्कादेखी मध्यम हुदै भारी वर्षाको समेत सम्भावना


यस्तै त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड पनि अवरुद्ध भएको छ । सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सयौँ सवारी साधन बीचमै रोकिएका छन् । पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए ।

नेपाल पत्रकार महासंघको आज बसको बैठकले गरेका ७ वटा निर्णयहरु (निर्णय सहित)


यसैबिच नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेर बाटो अवरुद्ध भएको छ । बिहीबार खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो ।
पहिरो खस्ने क्रम जारी रहेको प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो ठूलो भएकाले कतिखेर पन्छाएर सकिन्छ भन्न नसकिने उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार