लमजुङमा एकै पटक १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा बेसिशहर नगरपालिकामा १ थुनुवा सहित १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनिहरु मध्ये १२ जना प्रहरी रहेका छन् । यस्तै जिल्लाको राइनास नगरपालिकामा थप १ जनामा कोरोना संक्रमण भएको छ । उनिहरु १४ जना पुरुष र २ जना महिला रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार