जेठ ।
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपालमा लगानीको वातावरण बनिसकेको दाबी गर्नुभएको छ । बिहिबार नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र भारतीय राजदूतावास तथा फ्रन्चाइज इण्डियाको सहकार्यमा काठमाडौमा आयोजित नेपाल इन्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभको अर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाले लगानीको वातावरण निर्माणका लागनी नै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन र एकद्वार प्रणाली कार्यान्वयनमा आएको जिकिर गर्नुभयो । पर्यटन वर्ष २०२० मनाउन गइरहेको सन्दर्भमा उहाले सेवा क्षेत्रसहित उद्योगमा लगानीका लागि सम्भावना रहेको बताउनुभयो । लगानीका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराइएको भन्दै अर्थमन्त्री खतिवडाले ५ प्रतिशत ब्याजदरमा ऋण लिन सकिने र यसले लगानीकर्तालाई सहज हुने धारणा पनि राख्नुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नयाँ विमानस्थलसहित विभिन्न १० वटा पाँचतारे होटल निर्माण भइरहेको भन्दै लगानीका लागि नेपाल आकर्षक गन्तव्य भएको बताउनुभयो । नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।


उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने राष्ट्रिय कार्यभारलाई सार्थक तुल्याउन सबै क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा बिहिबार काठमाडौंमा आयोजित नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी उद्घाटन गर्दे उहाले मुलुकको समृद्धिमा कला र साहित्य क्षेत्रको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो । उहाँले कुनै पनि राष्ट्रको सभ्यता र पहिचानका लागि भाषा, कला र साहित्यको महत्वपूर्ण योगदान हुने र राष्ट्र निर्माणमा पनि यिनै पक्षको बलशाली भूमिका रहने चर्चा गर्नुभयो । उहाले प्रदर्शनीले नेपालको कला र संस्कृतिलाई विश्व जगत्मा अझ नजिकबाट चिनाउने अपेक्षा गर्नुभयो । उहाँले आपसी सम्पर्क र समन्वयका साथै प्रतिष्ठानले समय सान्दर्भिक कार्यक्रम गरेर कला जगत्को विकास र विस्तारमा उल्लेखनीय योगदान पुराएको यस क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा रु २५ हजार राशिको ललितकला पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक श्यामप्रसाद रिमाल सम्मानित गरिएको थियो । रिमालले पत्रकारिता र साहित्यका माध्यमबाट ललितकलाका क्षेत्रमा विगत साढे दुई दशकदेखि योगदान र्पुयाउँदै आउनुभएको छ । यसैगरी राष्ट्रिय अरनिको ललितकला प्रज्ञा सम्मान वरिष्ठ कलाकार चिनीकाजी ताम्राकार र रतनकुमार राईलाई प्रदान गरियो । कार्यत्रममा कलाका विभिन्न विधा तथा राष्ट्रिय र प्रदेशस्तरमा गरी कूल ३७ श्रष्टालाई पुरस्कृत गरिएको थियो । प्रदर्शनी तीन सातासम्म चल्नेछ ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजना र भारतीय राजदूतावास तथा फ्रन्चाइज इण्डियाको सहकार्यमा बुधवारदेखि काठमाडौमा नेपाल इन्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभ सुरु भएको छ । नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको महासंघले जनाएको छ । दुई दिनसम्म चल्ने कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गरिएको छ । एक्स्पोमा रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरुको स्टल रहेका छन् । एक्स्पोमा नेपालबाट अग्नि ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, जयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहेको छ । त्यसैगरी भारतीय व्राण्डहरुमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहेका छन् । सम्मेलनको औपचारीक उद्घाटन भने बिहिबार प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार