वडा प्रहरी कार्यालय रामबजार कास्कीको प्रहरी टोलीले पोखरा महानगरपलिका १० शिवमार्गबाट २ जनालाई १ किलो २०० ग्राम लागूऔषध गाँजा सहित पक्राउ गरेको छ ।
हरिनास गाउँपालिका ४ बाङगेश्वारा घर भई हाल पोखरा महानगरपलिका १० शिवमार्ग बस्ने २० वर्षीय जीत बहादुर बिक र धादिङको सिद्धलेक गाउँपालिका ६ कुम्पुर घर भई हाल पोखरा महानगरपालिका १० बस्ने २३ वर्षिय रोहित घलेलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका १० शिवमार्गमा केहि व्यक्तिहरुले लागूऔषध गाँजा सेवन तथा बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका निजहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले जनाकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार