सुनसरी,
सुनसरीको प्राचिन हरिद्वार चतराधाममा कुम्भमेला लाग्ने भएको छ ।
आयोजक दोश्रो पिण्डेश्वर अद्र्ध कुम्भमेला आयोजक समितिले बुधबार काठमाडौमा पत्रकार सम्मेलन गर्दे चैत २३ गतेदेखि सुरु हुने कुम्भमेला बैशाख २४ गतेसम्म मेला लाग्ने जनाएको हो । विसं २०५९ सालमा पहिलो पटक चतरामा पूर्ण कुम्भ मेला लगाइएको थियो ।


त्यसयता २०६६, २०७० मा अर्धकुम्भ मेला लगाइएको थियो । कुम्भमा विश्वभरका हिन्दु धार्मिक गुरुहरु र भक्तहरु आउने तथा धार्मिक अनुष्ठान गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा जगतगुरु बालसन्तले धार्मिक भावना कायम राख्न र देशवासीलाई एकतामा जोड्ने उद्देश्यका साथ कुम्भमेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।
मेलाको माध्यमबाट आपसी सद्भाव अभिवृद्धि गर्दै राष्ट्रिय एकता, सार्वभौमिकता, अखण्डता र देशभक्तिको भावना सञ्चार गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार