मन्त्रिपरिषद्को शुक्रबार बस्ने बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति गर्ने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति बारे यसअघि बसेको मन्त्रिपरिषद्को बैठकमा छलफल गरिसकिएकाले शुक्रबार बस्ने बैठकले सो निर्णय गर्ने जानकारी दिए ।
मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा यसअघि पनि छलफल भैसकेको बताएका छन् । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन् ।
मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन् । ुदुई वर्षका लागि फेरि जिम्मेवारी दिने कि चार वर्षका लागि भन्ने यकिन भइसकेको छैन । उहाँलाई फेरि जिम्मेवारी दिने भन्नेतर्फ नै छलफल भइरहेको छ, मन्त्री निकट स्रोतले भनेको छ ।
त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ । यसअघि मन्त्रिपरिषद्को बिहीबार साँझ बोलाइएको बैठक स्थगित गरिएको थियो । सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहेकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार