सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच आज भएको छलफलमा पनि कुनै सहमति हुन सकेन् ।
उनिहरु बीच करिव तीन घण्टा छलफल भएको भएपनि कुनै सहमति नभएको छलफलमा सहभागी नेताहरुले बताएका छन् । साउन १३ को ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरु राखेर स्थायी कमिटी बैठक गरेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको हो ।

कोरोना महामारीका कारण बन्द विद्यालय पुनः सञ्चालनको अधिकार स्थानीय तह र विद्यालयलाई दिन सुझाव


वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत सहभागी बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगन गरेको स्थायी कमिटी बैठक पुनः सञ्चालन गर्ने विषयमा सहमतिको प्रयास गरिए पनि सहमति बन्न नसकेको हो ।
बालुवाटारमा भएको छलफलमा दुवै अध्यक्ष आ–आफ्नै अडानमा कायमै रहकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । उनिहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार