काठमाण्डौ, २९ फाल्गुन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आतंककारी, ध्वंसात्मक गतिविधि संचालन गरिरहेकाले सरकारले नेत्रविक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई कानूनी कार्वाही गर्ने निर्णय लिएको स्पष्ट पार्नुभएको छ ।
नेपाल नगरपालिका संघको स्थापना दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाले नेतृत्वको नेकपालाई लुटपाट मच्चाउँदै हिँड्ने लुटेराहरुको संज्ञा दिँदै सहन गर्न नसकिने पनि स्पष्ट पार्नुभयो । त्यस्तै उहाले ओलीले लुटपाटमा संलग्न समूहसँग नडराउन पनि सबैलाई आह्वान गर्दे लुटेरा गतिविधिमा संलग्न जोकोहीलाई सरकारले कानुन बमोजिम कार्वाही गर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री ओलीले मूल धारको राजनीतिमा आउने अधिकार सबैलाई भएको तर लुटपाट मच्चाउँदै हिँडने छुट कसैलाई पनि नरहेको पनि स्मरण गराउनुभयो ।


त्यस्तै उहाले सिके राउतसंग गरेको सहमतिको चर्चा गर्दे अब देशबासी बिखण्डनतिर नभइ थप सशक्त रुपमा एकजुट हुँदै जाने तर्क गर्नुभयो । पृथकतावादी संगठनसँग भएको सहमति केहि व्यक्तिलाई टाउको दुखाई भएपनि यसले दिर्घकालीनरुपमा सकारात्मक सन्देश दिने उहाले बताउनुभयो । त्यस्तै प्रधानमन्त्री ओलीले इमानका साथ काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि सचेत गराउनुभयो ।
ओलीले जनताको विश्वास आर्जन हुने गरी काम नगर्ने जनप्रतिनिधिलाई फेरी जनप्रतिनिधि हुने अवसर नआउनेतर्फ पनि सचेत गराउनुभयो । सुशासनमा जोड दिएर विकास, निर्माणको कामलाई अघि बढाउन पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई उहाले आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार