काठमाण्डो, वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेर गलत नीति अपनाएको आरोप लगाउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा नेकपाले सोमबार काठमाडौमा आयोजना गरेको कार्यक्रमा प्रधानमन्त्री ओलीले सहयात्री कम्युनिस्टमाथि राष्ट्रियतामा साथ दिन नसकेको भन्दै कांग्रेसले गलत बाटो समातेको आरोप लगाउनुभएको हो ।


कांग्रेसका कतिपय नेता अझै पनि राजतन्त्रको सपना बोकेर हिँडेको देख्दा आफूलाई अचम्म लागेको ओलीको भनाई थियो । नेकपा अध्यक्ष समेत रहेका ओलीले यसअघिको पूर्ववर्ती सरकारले मुलुक बर्बाद पारेको धारणा राख्नुभयो । मुलुकमा तीव्रतर आर्थिक वृद्धि भइरहको भन्दै उहाले मेलम्ची आयोजनाका ठेकेदारलाई जसरी पनि फर्काउने विश्वास दिलाउनुभयो ।
भ्रष्टाचारीलाई नियन्त्रण गरेरै छाड्ने दाबी गर्दे ओलीले अहिले विभिन्न प्रकारका तस्करी हट्दै गएको र मुलुकमा शान्ति सुव्यवस्था कायम भएको बताउनुभयो । ओलीले दुई पार्टीबीचको एकीकरण पछि बनेको संसदको ठूलो दल नेकपाले राष्ट्रियतको रक्षा गर्दै राष्ट्रियताको आन्दोलनलाई उचाइमा पुराएको धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताका पक्षमा आफ्नो पार्टी भएको बताउँदै अब जग थप मजबुत भएको दाबी समेत गर्नुभयो ।
त्यस्तै नेकपा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले कम्युनिष्टलाई असफल पार्न अहिले पनि नेपाल भित्र र बाहिरबाट षडयन्त्रका तानाबाना बुन्ने काम नरोकिएको बताउनुभयो । एकता प्रक्रियामा जिल्ला तहको नेतृत्व टुंग्याउनु फलामे ढोका फोरेसरह भएको उहाको भनाई छ । प्रचण्डले एक वर्षभित्र पार्टीको महाधिवेशन गरिसक्ने भन्दै ८ महिनाभित्र ७७ जिल्ला र प्रवासका सबै कमिटीको सम्मेलन सकिने र एक वर्षमा महाधिवेशन गर्ने दाबी गर्नुभयो ।
प्रचण्डले पार्टीका अधिवेशनलाई भ्रष्टाचार, ढिलासुस्ती, बेइमानी, जालझेलका विरुद्ध अभियानको रुपमा लैजानुपर्ने धारणा पनि राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार