पोखरा, जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेदेखि असार १ गतेसम्म तीन देशको भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओली स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा जान लागेको जानकारी दिएको हो । पत्रकार सम्मेलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको पहिलो भ्रमण स्वीटजरल्याण्डको जेनेभामा हुने जानकारी दिनुभयो । जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको १००औं वार्षिकोत्सव दिवस कार्यक्रमलाई प्रधानमन्त्री ओलीले जेठ २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको ज्ञवालीले जानकारी दिनुभयो । त्यसपछि जेठ २७, २८ र २९ गते प्रधानमन्त्री ओलीले बेलायतको भ्रमण गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले असार १४ गते मन्त्रालयले विदेश नीतिबारे सुझाव संकलन गर्न कार्यक्रम आयोजना गर्न लागेको जानकारी पनि दिनुभयो । उक्त सम्मेलनमा विगतमा नेपालको विदेश नीति कस्तो हुनुपर्छ भनेर भएका अध्ययनप्रतिवेदन लगायतका विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले बताउनुभयो । त्यस्तै उहाले नेपाल अमेरिका सम्बन्धलाई थप प्रगाढ बनाउदै लैजानै भन्दै दुईमलुकबीच कुनै असमझदारी नरहेको जिकिर गर्नुभयो । यस्तै परराष्ट्र मन्त्रालयले केही समय अघि सुरु गरेको ब्रेनगेन कार्यक्रममा विदेशमा बस्ने ५ सय जना नेपालीहरुले नाम दर्ता गराएको र त्यसमा ५ हजारको नाम दर्ता हुने अनुमान रहेको जानकारी गराएको छ । उहाले हालै राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट भएका केहि मुलुकको भ्रमण फलदायी रहेको जानकारी पनि दिनुभयो ।

कपिलवस्तु जिल्लामा वजार अनुगमनलाई प्रभावकारी वनाईने भएको छ । सरकारले हालै मात्र जारी गरेको उपभोक्ता हित संरक्षण ऐन २०७५ उल्लेख भए अनसार जिल्लामा प्रभावकारी वनाईने भएको हो । आइतबार ऐनको विषयमा भएको छलफलमा यसका विशेषता, महत्व तथा वजार अनुगमन सम्वन्धी प्रभावकारी कार्यान्वयनका विषयमा यस क्षेत्रका उद्योगी, व्यवसायी तथा उपभोक्ता हित संरक्षण मन्चका पदाधिकारी विच छलफल भएको थियो । घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा वाणिज्य आपुर्ति कार्यलय भैरहवाका कार्यलय प्रमुख रुद्रप्रसाद ज्ञवाली, उपभोक्ता हित संरक्षण मंञ्च कपिलवस्तुका अध्यक्ष भेषराज पाण्डेले ऐनको कानुन व्यवस्था, इलाका प्रशासन कार्यलय चन्द्रौटाका शाखा अधीकृत जगदिश अर्यालले जिल्ला प्रशाशन कार्यलयको भुमिका बारे र घरेलु तथा साना उद्योग कार्यलय प्रमुख राजन केशिले घरेलु तथा साना उद्योग विकासक्रम, वजार अनुगमन तथा हाटबजार सम्वन्धी भएका प्रावधान, नीतिका वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कपिलवस्तु उद्योग वाणिजय संघका अध्यक्ष उमनाथ पौडेल, नागरिक समाजका अध्यक्ष दोलख बाहादुर पक्षाई, घरेलु तथा साना उद्योगका अध्यक्ष फुलकुमारी श्रेष्ठ, कपिलवस्तु हाटवजार व्यवसायी समिति अध्यक्ष ज्ञानबाहादुर थापा, यस क्षेत्रका व्यवसायि, उद्योगि, व्यापारीको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।








त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा आइतबार भएको उद्घाटन खेलमा आर्मीले सुदुरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित गर्यो । आर्मीले सुदुरपश्चिममाथि २५–१०,२५–१९ र २५–११ को सेटमा जित निकाल्यो । यो खेलसंगै आर्मीका कप्तान मान बहादुर श्रेष्ठ टिममा फर्किएका छन् । मानले विभागीय कारबाहीमा परेको कारण आठौं राष्ट्रिय खेलकुद र ताप्लेजुङमा सम्पन्न पाथिभरा भलिबल खेलेका थिएनन् । यस्तै प्रदेश नम्बर १ र प्रदेश नम्बर ३ ले पनि विजयी सुरुवात गरेका छन् । प्रदेश १ ले प्रदेश २ लाई २३–२५,२५–१९,२५–१९ र २५–१५ को सेटमा पराजित गर्यो । यस्तै अर्को खेलमा प्रदेश ३ ले प्रदेश ६ माथि १८–२५, २५–१७, २५–१७ र २६–२४ को सेटमा हराएको छ । नेपाली सेनाको आयोजनामा सुरु प्रतियोगितामा ३ विभागीय टिम (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ) सहित सात प्रदेशका गरि १० टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग कम आउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताको विजेताले ३ लाख प्राप्त गर्दा उपविजेताले १ लाख ५० हजार र तेस्रोले ७५ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले पल्सर बाइक प्राप्त गर्ने छन् । त्यस्तै व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, ब्लकर, डिफेन्डर, लिफ्टर, सर्भर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन्।













तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार