काठमाण्डौ, वैशाख ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले संघीय संसदमा पेस गरेको नीति तथा कार्यक्रम देखाउन र भन्नका लागि मात्र नभएको बताउनुभएको छ ।


संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको कार्यन्वयन गरेरै छोड्ने प्रतिवद्धता जनाउनुभयो । नीति तथा कार्यक्रमलाई पास गर्न सबै सांसद एक हुन उहाले निर्देशन पनि दिनुभयो । नीति तथा कार्यक्रममा नपरेका विषय बजेटमा समेट्न सकिने उहाको भनाई छ । उहाले नीति तथा कार्यक्रम कार्यान्वयन गरेरै छोड्ने आफ्नो प्रतिबद्धतालाई साथ दिन सांसदहरुलाई आग्रह गर्नुभयो ।
जनतालाई मध्यनजर राखी बजेट सरकारले पेश गर्ने भन्दै उहाले बजेटको बारेमा अलि गम्भीर छलफल गर्ने र नीति तथा कार्यक्रम पास गर्नुपर्ने धारणा पनि राख्नुभयो । उहाले नीति तथा कार्यक्रममा केहि छैन भन्नु बिना अध्ययनको टिप्पणी भएको तर्क गर्नुभयो । बैठकमा उहाले सरकारको संरचनाको माथिल्लो तहमा बसेको प्रतिनिधीले सरकारलाई मेरो भन्नु कुनै अनौठो नरहेको समेत स्पष्ट पार्नुभयो ।
उहाले राज्यको माथिल्लो तह राष्ट्रपति भएको भन्दै राष्ट्रपतिले देशलाइ आफ्नो भन्दा पनि विरोध गर्नु कुनै तर्कसंगत नहुने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार