काठमाण्डौ, वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको बाटोमा अघि बढिरहेको बताउनुभएको छ । मनमोहन स्मृति प्रतिष्ठानले शुक्रबार ललितपुरको सानेपास्थित प्रतिष्ठान परिसरमा आयोजना गरेको ‘२० औँ मनमोहन स्मृति दिवस’ मा प्रधानमन्त्री ओलीले सरकारको ध्यान मुलुकको बिकासमा रहेको भन्दै यसप्रति गम्भीर भएर सरकार अघि बढिरहेको बताउनुभएको हो ।


उहाले अहिले विभिन्न कानून निर्माणमार्फत् संविधानको कार्यान्वयन हुने दिशामा रहेको धारणा पनि राख्नुभयो । उहाले देशको पहिलो वामपन्थी प्रधानमन्त्री मनमोहन अधिकारीले राष्ट्रिय स्वाधीनता, वामपन्थी दलको एकता र देश विकासमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले स्वर्गीय अधिकारीले वामपन्थी पार्टी सरकारमा पुग्दा कसरी सरकार चलाउँछन् भन्ने देखाएको बताउनुभयो । अधिकारीले ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ भन्ने नाराका साथ नागरिकमा विकासको भोक जगाएको उहाँको भनाइ थियो । सामाजिक सुरक्षा र कानूनी राज्य स्थापनाका लागि अधिकारी नेतृत्वको सरकारले उल्लेखीय काम गरेको उहाको भनाई छ ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले स्व अधिकारीको शालिकमा माल्यार्पण पनि गर्नुभएको थियो । पूर्वप्रधानमन्त्री अधिकारीको विसं २०५६ वैशाख १३ गने निधन भएको थियो । प्रतिष्ठानले वर्षेनी उहाँको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार