काठमाण्डौ, वैशाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्ष बिद्यालय भर्ना अभियानलाई शसक्त रुपमा अघि बढाइने बताउनुभएको छ । सोमबार बालुवाटारमा समता स्कूल काठमाडौंलाई वल्र्ड बुक अफ रेकर्डस् हस्तान्तरण गर्दे प्रधानमन्त्री ओलीले यसअघिको बर्षमा केहि बालबालिका भर्ना अभियानबाट छुटेको भन्दै यस पटकदेखि कोहि पनि बिद्यार्थी बिद्यालय जानबाट बञ्चित नहुने स्पष्ट पार्नुभयो ।


उहाले बिद्यालय भर्ना अभियानलाई सफल बनाउनका लागी सार्वजनिक आह्वान पनि गरिसकेको जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले आगामी दुईबर्षभित्र नेपाललाई पूर्ण साक्षर मुलुक बनाउने प्रतिवद्धता पनि दोहराउनुभयो । प्रधानमन्त्री ओलीले यस बर्ष देखि विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर नुहने स्पष्ट पार्नुभएको छ । नेपालको साक्षरता अभियानमा समताको महत्वपूर्ण योगदान रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कार्यक्रममा वल्र्डबुक अफ रेकर्डस लण्डनले जारी गरेको प्रमाण पत्र प्रधानमन्त्री ओलीले समता फाउण्डेसनका अध्यक्ष उत्तम सञ्जेललाई हस्तान्तरण गर्नुभएको हो । बिद्यार्थीहरुलाई १ सय रुपैंयामा विद्यार्थी पढाएको भन्दै वल्र्डबुक अफ रेकर्डस लण्डनले समतालाई प्रमाण पत्र प्रदान गरेको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको पनि सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार