पोखरा, २७ माघ ।
पोखरा महानगरपालिका वडा नं. ३० खुदी किरातेश्वर मन्दिर पुरानो बगैचामा श्री जगत कल्याण दुग्ध उत्पादन सहकारी संस्था लि.को डेरी उद्योग भवनको शिलन्यास गरिएको छ ।


आज आयोजित एक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसिले उक्त उद्योग भवनको शिलन्यास गरेका हुन् । शिलन्याश कार्यक्रममा बोल्दै प्रमुख जिसिले गुणस्तरीय उत्पादनमा जोड दिदै आवाश्यक बजार व्यवस्थापन गर्न संचालकहरुलाई सुझाव दिए ।
वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले भवन निर्माणमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने आश्वासन दिए ।

समाजसेवी पुर्णभद्र पोखरेलले स्थानिय कृषकहरुको दुधको आवाश्यक बजारीकरणमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

सहकारीका शेयर सदस्य गजेन्द्र प्रसाद च्वाँईले कृषकहरुको उत्पादन तथा आत्मबल वृद्धिमा उद्योगले योगदान गर्ने विश्वास व्यक्त गरे ।

चालु आर्थीक वर्षको अन्त्य सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको उक्त उद्योग भवनका लागी १ करोड ५५ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । १ सय २ जना शेयर सदस्यको लगानीमा भवन निर्माण थालिएको निर्माण समितिका संयोजक कृष्ण प्रसाद ओझाले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार