पोखरा, चैत्र ।
प्रथम कास्कीकोट चैते दशै महोत्सवको तयारी पुरा भएको छ । पर्यटकीय स्थल कास्कीकोटमा यहि चैत्र २८ गते देखि चैत्र ३० गते सम्म हुने उतm महोत्सवमा करीव ५० हजारले महोत्सवको अवोलोकन गर्ने आयोजकले अनुमान गरेको छ । महोत्सवमा विभीन्न साँस्कृतीक झाकी मगर समुदायको कौरा नृत्य लोपउन्मुख खेलहरुको प्रर्दशन रहने वडा अध्यक्ष ओम प्रसाद सुवेदीले वताए । विहीवार भलिववल प्रतियोगीता खुल्ला कविता प्रतियोगीता सडक दौड हुनेछन् ।


महोत्सवमा नेपालकै सर्वाधीक राषीको खुल्ला भजन चुट्का प्रतियोगीता , कास्कीकोट स्तरीय कास्कीकोट भलिवल कप प्रतियोगिता ,कृर्षि तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता ,खुल्ला कविता प्रतियोगीता,म्युजीकल चियर,रस्साकसी,छेलो हान्ने, हाफ म्याराधुन प्रतियोगीता, लोप उन्मुख सरुन खेलको प्रर्दशन ,नौमती तथा पञ्चेवाजा प्रर्दशन , राष्टिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुति,विभन्नि सांकृतीक झाकी लगाएत विविध कार्यक्रमहरुको आयोजना गरीएको छ । महोत्सवको पुर्व सन्ध्यामा रतmदान सरसफाई लगाएत विविध कार्यक्रम गरीएको आयोजक पोखरा महानगरपालीका वडा नं २४ले जनाएको छ ।
महोत्सवको अनुमानीत खर्च १५ लाख ८० हजार र आम्दानी १६ लाख ८० हजार गर्ने लक्ष्य वडा कार्यालयले राखेको छ । कास्कीकोट गुप्तकालीका मन्दीरमा प्राय ठुलो दशै र चैते दशैमा सयौ वर्ष अगाडी देखि मेला भने हुदै आइरहेको छ ।
यसैविच कास्कीकोटमा रहेको श्री बसन्त आधारभुत विद्यालयले आफ्नो स्वर्ण महोत्सव मानाउने भएको छ । वि.स . २०२५ सालमा स्थापना भएको विद्यालयले विहीवार विभिन्न कार्यक्रम आयोजना गरेर स्वर्ण महोत्सव मनाउन लागेको विद्यालय व्यवस्थापन समितीका अध्क्षय भतm वहादुर नेपालीले जानकारी दिनुभयो ।
विद्यालयमा हाल अङग्रजी माध्यवाट अध्यापन हुदै आएको छ । एक देखि सात कक्षा सम्म पढाइ हुने सो विद्यालयले कास्की जिल्लाकै नमुना विद्यालय वनाउन आफुहरु लागीपरेको अभिभावक होम वहादुर नेपालीले वताए । विद्यालयले मनाउने स्वर्ण महोत्सवमा उतm विद्यालयका भुपु शिक्षक अध्यन गरेका भुतपुर्व विद्यार्थीहरुलाइ सम्मान विविध साँस्कृतीक कार्यक्रमको आयोजना गरेको प्र.अ. भिम प्रसाद सुवेदिले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार