पोखरा, चैत्र ।
कास्कीकोटमा जारी प्रथम कास्कीकोट चैते दशै महोत्सवको खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कविता प्रतियोगीतामा प्रथम तारानाथ पराजुली पर्वत प्रथम,अनिता दाहाल कास्कीकोट दोस्रो र कृतिका त्रिपाठी हेम्जा तेस्रो भएका थिए । आजनै सम्मपन्न कास्कीकोट भलिवल कप प्रतियोगितामा लौरुक ए र वि फाइन्ल प्रवेश गरेका छन् भने गैरावारी र आयोजक समुह तेस्रो स्थानका लागी भिड्ने खेल संयोजक वोदराज गिरीले जानकारी दिए । आज देखि वडानं २४ स्तरीय रत्योली गित प्रतियोगीता संचालन भैरहेको वडा सदस्य अग्नीधर त्रिपाठीले जानकारी दिनु भयो ।


महोत्सवमा नेपालकै सर्वाधीक राषीको खुल्ला भजन चुट्का प्रतियोगीता , कास्कीकोट स्तरीय,कृर्षि तथा हस्तकला प्रर्दशनी, रत्योली प्रतियोगिता ,खुल्ला कविता प्रतियोगीता,म्युजीकल चियर,रस्साकसी,छेलो हान्ने, हाफ म्याराधुन प्रतियोगीता, लोप उन्मुख सरुन खेलको प्रर्दशन ,नौमती तथा पञ्चेवाजा प्रर्दशन , राष्टिय तथा स्थानीय लोक कलाकारहरुको प्रस्तुति,विभन्नि सांकृतीक झाकी लगाएत विविध कार्यक्रमहरुको आयोजना गरीएको छ । महोत्सवको औपचारी उद्घाटन भोली प्रदेश सभामुखले कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार