Home / समाचार / पोखराको मुख्य बजारमा पेट्रोल पम्प होईन पेट्रोल बम छन् : कास्की प्रहरी

पोखराको मुख्य बजारमा पेट्रोल पम्प होईन पेट्रोल बम छन् : कास्की प्रहरी

कास्कीका प्रहरी प्रमुख एसपी दान बहादुर कार्कीले पोखरामा रहेका केही पेट्रोल पम्पहरुलाई खतरनाक पेट्रोल बमको संज्ञा दिनुभएको छ । मुख्य बजारका घरहरुसंगै जोडिएका ति पेट्रोलपम्पहरुको आपतकालिन समानाका लागि कुनैपनि बेला तयार रहनुपर्ने अवस्था रहेको एसपी कार्कीले बताउनुभयो । कार्यालयको नियमित पत्रकार भेटघाट कार्यक्रममा कार्कीले भन्नुभयो, “केहि पेट्रोल पम्प मानव बस्ती र सडक छेउमै रहेकाले सुरक्षाको हिसाबले ति अतिनै सम्बेदनशील छन्, जसका कारण कल्पना भन्दा ताढाको विपदको स्थिती आउन सक्ने खतरा पनि उत्ति कै छ । ति पेट्रोल पम्पहरु सडक छेउमा सवारीको लाईन लगाई सेवा दिईरहेका बखत सडक दुर्घट्नाको समेत जोखिम हुन्छ ।” यि सवै हुनुको पछाडीको कारण स्थलगत निरीक्षणको अभावमा दिईएका इजाजत र सम्बन्धित सरोकारवाला निकायहरुको वेवास्ता भएकामा एसपी कार्की विस्वस्त हुनुहुन्छ । पोखराका पेट्रोल पम्पले सुरक्षाको लागि पम्पमा हुनु पर्ने फायरफाइटिङका कुरामा खासै ध्यान नदिएको, म्याद गुज्रिएका फायरफाइटिङका बस्तुहरु राखेको र फायरफाइटिङ सामानहरुको उपयुक्त ख्याल नगरेको एसपी कार्कीले बताउनुभयो । साथै उहाँले पोखराको बजार क्षेत्रमा गुड्ने ट्याक्सिमा हुने ठगिलाई समेत सचेतता पुर्वक ध्यान दिईएको उल्लेख गर्नुभयो । उपभोक्ताको हित विपरितको गतिविधिमा संलग्न एक सय भन्दा धेरै ट्याक्सीहरुलाई नियन्त्रणमा लिई आवाश्यक कार्वाहीका लागी सम्बन्धित निकायमा पठाईएको प्रहरीले जनाएको छ । यस्तै विभिन्न अपराधजन्य गतिविधिमा संलग्न व्यक्तिहरु, सामाजिक हित विपरितको गतिविधिमा संलग्नहरुलाई समेत कानुनको दायरामा ल्याईएको एसपी कार्कीले जनाउनु भएको छ । तर, समाज अपराध शुन्य बनाउने आफुहरुको प्रयास जारी रहेपनि मानविय प्रवृति कै कारण त्यो तत्काल सम्भव नरहेको कार्कीले उल्लेख गर्नुभयो ।

About googlepokhara