गण्डकी प्रदेशका भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्री लेख बहादुर थापा मगर र सचिव शबनम शिवाकोटी अर्यालका बिचमा कार्य सम्पादन सम्झौता भएको छ ।
प्रदेश सरकारको दिर्घकालिन सोच, नीति तथा कार्यक्रम, प्रदेश सरकार (कार्य सम्पादन) नियमावली २०७४ ले तोकेको कार्य जिम्मेवारी र प्रदेश सुशासन ऐन २०७६ समेतको व्यवस्थालाई आत्मसाथ गरि कृषी क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि, सहकारी विकास र वैज्ञानिक भुमी व्यवस्थापन सहित रोजगारी सृजना र गरिबी निवारण गर्दै समाजवाद उन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने उद्देश्यकले कार्य सम्पादन सम्झौता गरिएको हो ।
कार्य सम्पादन सम्झौतामा प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ बमोजिम मन्त्रालयको कार्य जिम्मेवारीहरु सम्पादन गर्ने गराउने, मन्त्रालयको चालु आर्थिक वर्षको स्विकृत नीति तथा कार्यक्रम र वार्षीक विकास कार्यक्रम र आयोजनाहरुको कार्यान्वयन, कार्ययोजनामा निर्धारित क्रियाकलापहरु कार्यतालिका बमोजिम सम्पादन गर्ने गराउने लगायत रहेका छन् ।


यस्तै आर्थिक कारोवारमा नियमितता, मितव्ययिता, कार्यक्षमता, प्रभावकारीता, औचित्यता कायम राख्ने, आर्थिक नियन्त्रण र अनुसासन कायम गर्ने गराउने, सार्वजनिक खरिद ऐन, नियमावली, खरिद सम्बन्धि प्रदेश नियमावली, आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, प्रदेश आर्थिक कार्यविधि ऐन, प्रदेश प्रशासन ऐन लगायत प्रचलित नेपाल कानुनको पालना गर्ने गराउने समेटिएको छ ।
सम्झौता अनुसार मन्त्रालय र मातहत निकायको प्रशासन संयन्त्रलाई चुस्त दुरुस्त राख्ने, सेवा प्रवाहको प्रभावकारी नियमन, सुपरिवेक्षण, अनुगमन तथा मुल्याङ्कन गर्ने व्यवस्था गर्ने गराउने, सुशासन कायम तथा भ्रष्टाचार नियन्त्रणसंग सम्बन्धित कार्यहरु सम्पादन गर्ने गराउने, मन्त्रालयको कार्य जिम्मेवारी तथा क्षेत्राधिकारका विषयमा सृजनशिल तथा नवप्रवद्र्धनका कार्यहरु गर्ने गराउने र सम्झौताका आधारमा जिम्मेवार कर्मचारीहरु तथा कार्यालय प्रमुखसंग कार्य सम्झौता गर्ने गराउनु पर्नेछ ।
यसअघि मन्त्री थापाले मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङसंग यस्तै प्रकृतिको सम्झौता गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार