कालीकोटमा पनि आज रातिदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकले राति १२ बजेदेखि लागू हुने गरी १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामलाई थप प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए । चाडपर्वका बेला हुने भिडभाडका कारण कोरोनाको संक्रमण फैलिने जोखिम भएकोले पनि निषेधाज्ञा जारी गरिएको हो ।
यस्तै कर्णालीका दश जिल्लामध्ये प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रगरसहित जुम्ला, हुम्ला, दैलेख र मुगुमा पनि निषेधाज्ञा जारी छ ।
जुम्लामा अनिश्चितकालीन, मुगु र हुम्लामा भदौ १५ गतेसम्म, वीरेन्द्रनगरमा ९ गतेसम्म र दैलेखमा ७ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार