कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जना नयाँ संक्रमितहरु थपिएका छन् ।
सामाजिक विकास मन्त्रालय विरेन्द्रनगर सुर्खेतका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा सुर्खेतका २, नवलपुरका १ र बाँकेका १ जनामा कोरोना पुष्टि भएको हो । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा जुम्लाका २ र बर्दियाका १ जनामा कोरोना पुष्टि भएको छ ।
उता दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा दैलेखका २ जना तथा चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा रुकुम पश्चिमका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार २४० पुगेको छ । हालसम्म १ हजार ९६९जना निको भएर डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार