कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा सुर्खेतका १७ जना, जाजरकोट, मुगु र चितवनका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको पिसिआर परिक्षणमा दैलेखका २ जनामा कोरोना संक्रमण देखिएको हो । कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १४ जना डिस्चार्ज भएका छन् । हालसम्म प्रदेशमा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ३५४ पुगेको छ ।
हाल ३२८ जनाको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार