कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समाजिक विकास मन्त्रालय स्वाथ्य सेवा महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार सुर्खेतका २ र जुम्लाका २ जनामा कोरोना पुष्टि भएको हो ।
प्रदेश अस्पताल पशुपक्षिंरोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको प्रयोगशाला परिक्षणमा सुर्खेतको विरेन्द्रनगर नगरपालिका १ का ३९ र ४४ वर्षीय २ पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै कर्णाली स्वासथ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको प्रशयोगशाला परिक्षणमा जुम्लाको तिला गाउँपालिका वडा नं.९ का २६ वर्षीय एक पुरुष र कनकासुन्दरी गाउँपालिका वडा नं.६ का १० महिनाकी शिशुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ४४ पुगेको छ ।
वितेको २४ घण्टामा ४ जना डिस्चार्ज भएका छन् । कुल डिस्चार्ज हुनेको संख्या १ हजार ९७३ जना पुगेको छ । कर्णालीमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।
२६५ जना संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार