कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ६२ जना नया“ संक्रमित थपिएका छन् ।
समाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखमा अनुसार प्रदेश अस्पताल पशुपन्छि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा दैलेख, कालिकोट र बँ“केका १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै महाशाखामा अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको नमुना परिक्षणमा जुम्लाका ५२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कालिकोट, ताप्लेजुङ, वैतडि र बर्दियाका १ १ जनामा पनि कोरोना देखिएको छ ।
चौरजहारी नगरपािलका पिसिआर परिक्षण प्रयोगशालामा रुकुम पश्चिमका ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ भने १९४५ जना निको भएका छन् । संक्रमित मध्ये ६ जनाको मृत्यु भएको छ ।
२७४ जना सक्रिय संक्रमितहरुको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार