कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा विरेन्द्रनगर सुर्खेतका अनुसार कर्णाली प्रदेहमा आज ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमुना परिक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको हो ।

चितवन मेडिकल कलेज चितवनमा गरिएको परिक्षणमा गण्डकीका थप १० जनामा संक्रमण पुष्टि


यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमुना परिक्षणमा जुम्लाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाशाखाका अनुसार सुर्खेतका ९ जना, कालिकोटमा २ जना, दैलेखका ३ जना, जुम्ला र सल्यानका २–२ जना, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, काठमाण्डौ, ताप्लेजुङ, ललितपुर र गुल्मीका १–१ जना र बर्दियाका ४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रीपरिषद बैठक आज बस्दै, विद्युत प्राधिकरणमा कुलमानको यात्राको टुंगो आजै लाग्ने


महाशाखाका अनुसार सुर्खेतमा २ सय जना, दैलेखका २२ जना, जाजरकोटका ७ जना, सल्यानमा १९ जना, रुकुम पश्चिममा १४ जना, जुम्लामा ५६ जना र कालिकोटमा २० संक्रिय संक्रमितहरुको उपचार भैरहेको छ । कर्णालीका हुम्ला, मुगु र डोल्पा संक्रमण मुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार