कर्णाली प्रदेशमा आज ५१ जना कोरोना संक्रमित थपिएका छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेत, कञ्चनपुर र चितवनका २–२ तथा बर्दिया, सल्यान, कैलाली, रुपन्देही र सर्लाहीका १–१ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै चौरजहारी नगरपालिका पिसिआर परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम पश्चिमका १८ जना, जाजरकोटका १५ जना, बर्दिया, धादिङ, डडेल्धुरा र उदयपुरका १–१ जना तथा कालिकोटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार २९५ पुगेको छ । हालसम्म १ हजार ९९२ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार