कर्णाली प्रदेशमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेशका विभिन्न जिल्लाहरुमा आज १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेश अस्पताल पशुपंक्षि रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणमा सुर्खेतका ११ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रष्ठिानमा गरिएको परिक्षणमा जुम्लाका २ जना र दैलेख अस्पतालमा गरिएको परिक्षणमा दैलेखका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससंगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ५६ पुगेको छ । आज ३३ जना निको भएर डिस्चार्ज भएका छन् ।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ११९ पुगेको छ । ६ जनाको मृत्यु भएको छ । ३३१ जनाको उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार