चैत ०२ गते ।
पोखरा फुलबारीस्थित सैनिक महाविद्यालयमा शनिबार १ सय २ जनाको कराँते बेल्ट टेस्ट परिक्षण गरिएको छ । बेल्ट टेस्ट परिक्षणका प्रमुख अतिथि सैनिक महाविद्यालयका अधिकृत सरोज नेपालले कराँते खेलले प्रदेश नं. ४ लाई विशेष रुपमा चिनाएको बताउँदै प्रदेश नं. ४ बाट कराँते खेलबाट प्रतिभाशाली खेलाडिहरु जन्मेको बताउँदै यस खेललाई अझै विकास गर्नका लागि खेलाडिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउँनु भयो ।


बेल्ट टेस्ट प्रतियोगितामा किरण जीत गुरुङ प्रथम, रन्जना थापा द्धितिय, हृदयश श्रेष्ठ तृतीय र सक्षम राईले सान्तोना स्थान प्राप्त गर्नुभयो । उहाँहरुलाई प्रमुख अथिति अधिकृत सरोज नेपालले मेडल, प्रमाणपत्र र खादा लगाई सम्मान गर्नुभएको थियो ।
सितोरियो कराँते संघ कास्कीका सचिव धन लामाले प्रशिक्षणबाट राम्रा खेलाडि उत्पादन गर्न सकिने बताउँनु भयो । सचिव लामाले खेलाडिको प्रतिभा कति भयो त्यसको स्थरियतामा कति गुणात्मक विकास तथा शारीरिक तथा सीपको विकास हुनेमा प्रतियोगिताले बुझाउँने बताउँनु भयो । कराँतेको स्तर बृद्धिका लागि प्रदेश नं. ४ का विभिन्न जिल्लाहरुमा बेल्ट टेस्टको प्रतियोगिता भैरहेको बताउँनु भयो ।
बेल्ट टेस्ट परिक्षणमा राष्टिय रेफ्रि अभिमान गुरुङ, राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रि सुविन गुरुङको विशेष सहभागितामा प्रशिक्षण गराईएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार