पोखरा, वैशाख ।
कपडा व्यवसायी एशोसियसन कास्कीको शुभकामना आदानप्रदान तथा नयाँ वर्षको क्यालेण्डर विमोचन कार्यक्रम एक साथ गरिएको छ । उक्त कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणीज्य संघका अध्यक्ष दामु अधिकारीले नयाँ वर्ष व्यवसायीहरुका लागी उत्साहप्रद हुने विस्वास व्यक्त गर्नुभयो ।


व्यवसाय विकास तथा विस्तारका लागी विद्यमान नीतिगत समस्याहरु समाधानका लागी सम्बन्धित निकायहरुसंगको समन्वयलाई प्रभावकारी बनाउने बताउदै उहाँले व्यवसायीक एकतामा जोड दिनुभयो ।
कार्यक्रममा एशोसियसनका पुर्व अध्यक्ष जनकराज पराजुलि, फ्लोरिङ एण्ड फर्नेसिङ एशोसियसन कास्कीका अध्यक्ष रामकृष्ण ढुंगाना, व्यवसायी हरि प्रसाद बराल लगायतले बोल्नु भएको थियो ।


एशोसियसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न सम्पन्न कार्यक्रममा स्वागत कार्यक्रम संयोजक सुमिता श्रेष्ठ, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष नविन नापित र संचालन महासचिव धर्ममानसिंह भण्डारीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार