काठमाण्डौ, २९ फाल्गुन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले गत फागुन १५ गते ताप्लेजुङबाट प्रारम्भ गरेको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा बुधबार काठमाडौ आइपुगेको छ ।


राप्रपाले सरकारलाई बुझाएको बिभिन्न मागका बारेमा जनतालाई जानकारी गराई जनमत सिर्जना गर्न मेची महाकाली यात्रा सुरु गरेको थियो । यात्राका क्रममा २८ सय १० किमि यात्रा १५ दिनमा तय गरेको र यस क्रममा साना ठूला गरि १५० वटा सभाहरु भएको राप्रपाले जनाएको छ । राप्रपाले हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे राष्ट्रिय जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, ०४७ पछिका उच्च पदस्थ राजनीतिक र प्रशासनिक व्यक्तिको सम्पत्ति छानबिन, विद्यमान आरक्षणको व्यवस्थामा परिवर्तन गरि आर्थिक रुपमा विपन्नलाई आरक्षण दिइनुपर्ने लगायतका माग राख्दै सरकारलाई मागपत्र बुझाएको थियो । यात्राको क्रममा जनताको ब्यापक सहभागिता रहेको भन्दै आफ्ना मागहरुका बिषयमा सरकारले फाल्गुन मसान्त सम्ममा सकारात्मक रुपले प्रस्तुत नभएमा चैत्र देखि जन संघर्षमा उत्रने अध्यक्ष कमल थापाले बताउनु भयो ।
स्वाभिमान यात्रा अन्तर्गत चैत १ गते कलश यात्रा सहित भृकुटीमण्डपमा विशाल जनसभा गरिने राप्रपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार