पोखरा, चैत ।
पूर्व उपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापा भोलि शनिबार पोखरा आउनुहुने भएको छ । क्षत्री समाज नेपालको पोखरामा हुने तेस्रो केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्न उहाँ यहाँ आउन लाग्नु भएको हो । राप्रपा अध्यक्ष थापासँगै पूर्व प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्रीहरु भीम रावल, चित्रबहादुर केसी र पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाल समेत सो कार्यक्रमलाई सम्बोधन गर्न आउन लाग्नुभएको हो ।


राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता, आजको आवश्यकतालाई आत्मसात गर्दै नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्न क्षत्रीहरु एकजुट भइ अगाडि बढ्नुपर्ने माग समाजले गरेको छ । नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा हुने उद्घाटन समारोह अघि चिप्लेढुंगादेखि ¥याली निस्कने जनाइएको छ ।
महाधिवेशन सफल पार्न क्षत्री समाज अध्यक्ष प्राडा चन्द्रबहादुर थापाको संयोजकत्वमा १५ वटा विभिन्न उपसमिति गठन गरिएको समाजका केन्द्रीय सचिव एवं प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार