कालीकोट पहिरोमा पुरिएर ८ जनाको ज्यान गएको छ भने १ जना बेपत्ता भएका छन् । जिल्लाको नरहनीनाथमा गाउँपालिकामा पहिरोले पुरिएर ८ जनाको मृत्यु भएको हो ।

आगामी २४ घण्टा बाढि पहिरो र भु–क्षयसंगै डुबानको समेत सम्भावना, सर्तकता अपनाउन अनुरोध


गाउँपालिकाको वडानम्बर ७ मा गयराति गएको पहिरोले ६५ वर्षीय गंगे बुढाको घर पहिरोमा पुरिएको छ । पहिरोमा परि उनी सहित उनकी ६१ वर्षीय श्रीमती नैना, २४ वर्षीय बुहारी कुशा, १८ वर्षीय छोरी विमला, १० वर्षीया नातिनी चन्द्रिका, ७ वर्षीय नाति राम बुढा र एक वर्षका चरित्र बुढाको ज्यान गएको हो ।
६ जनाको घटनास्थल मै र छोरी विमलाको उपचारका क्रममा ज्यान गएको हो । सोही गाउँपालिकाको वडानम्बर ४ मा ६५ वर्षी बाले बुढाको घर पुरिँदा उनकी ६५ वर्षीय श्रीमती मनाको मृत्यु भएको छ । बाले बेपत्ता रहेका छन् ।

एक सातामा माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन गर्ने राष्ट्रिय परीक्षा बोर्डको तयारी


अघिल्लो राति कालीकोट कै रास्कोट नगरपालिकामा बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका थिए । नगरपालिकाको वडानम्बर १ को एक खहरे खोलामा आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार